काठमाण्डौ, साउन २० । परराष्ट्र मन्त्रालयले नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएकी हुन् । उनले नेपाल सधैँभर एक चीन नीतिको समर्थन गर्दै आएको पनि बताएकी छन् ।
पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन् ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसै साता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ । पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com