साउन, २२ । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । एमाले सांसद प्रदीप ज्ञवालीले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको बताए ।
भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाएको सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा किन मूल्य नघटाएको भन्दै उनले प्रश्न गरे ।
‘मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com