साउन २६ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा आफु फर्कन नसक्ने बताएका छन् । आज ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नभएको बताएका हुन् । भेटमा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा फर्किन भट्टराईलाई आग्रह गरेका थिए । तर, भट्टराईले अनिच्छा देखाएका हुन् ।
भट्टराईले आफू माओवादीमा नफर्किने तर सत्ता गठबन्धनमा समेट्नका लागि भूमिका खेल्नका लागि प्रचण्डलाई आग्रह गरेका बुझिएको छ । यसअघि गएको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्दा पनि भट्टराईले गठबन्धनमा समेट्न आग्रह गरेका थिए । देउवाले भट्टराईलाई गठबन्धनमा समेट्ने बताउका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com