साउन, २७ । निहारिका राजपुतले आत्मदाह गर्ने प्रयास गरेकी छिन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिकाले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी हुन् ।
आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ उनलाई पक्राउ गरेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा भने अहिले अदालतमा विचाराधीन छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com