भदौ, ८ । काठमाडौं महानगरले उपत्यकामा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचना भत्काउन डोजरसहित आज बिहान मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मल पुगेका थिए ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । यस्तै, काठमाडौं महानगरले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com