भदौ, २१ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा लमजुङ प्रदेश ‘ख’ मा काँग्रेसवाट प्रत्यक्षमा युवा नेता शिव रिमाललाई सिफारिस गरिएको छ । नेपाली काँग्रेस लमजुङ जिल्ला कार्यसमिति वैठकले प्रदेशसभा ‘ख’ मा प्रत्यक्षका लागि ने.वि.संघ निवर्तमान कोषाधयक्ष शिव रिमालसहित नवराज न्यौपाने, भेष बहादुर पौडेल, डा.लक्ष्मीकान्त पौडेल, ललितकुमार गुरुङ, आनन्द घिमिरे, गम प्रसाद गुरुङलाई सिफारिस गरेको छ ।
नेविसंघका निर्वाचित कोषाध्यक्ष भएर काम गरिसकेका रिमालले सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माणका लागि युवाहरुको प्रतिनिधित्व नितिनिर्माण तहमा हुनुपर्ने एजेन्डा सहित प्रदेशसभामा उम्मेदवारी दिएका हुन् ।
विधार्थी राजनीतिवाट उदाएका युवा नेता रिमाल रिमाल लमजुङ जिल्लालाई मुलुककै विकासको मोडलका रुपमा स्थापित गर्न आफूले उम्मेवारी दिने तयारी गरेको बताउँछन् ।
पछिल्लो समय राजनीतिक पार्टीमा युवाहरुको प्रतिधित्व कम हुँदै गएको र ५० प्रतिशत युवालाई टिकट दिनुपर्ने आवाज उठिरहेको बेला रिमालले काँग्रेस भित्र युवाको प्रतिनिधित्व गर्दै प्रदेशसभामा आफ्नो उपस्थिती देखाउन खोजेको हुन सक्ने युवाहरुको मत छ ।
लमजुङको प्रदेश ’ख’ मा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका पृथ्वीसुब्बा गुरुङ लाई सोहि क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । गुरुङलाई पराजित गर्न सक्ने उम्मेदवारका रुपमा काँग्रेस युवा नेता रिमाललाई हेरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com