भदौ, २१ । चीनको सिचुवान प्रान्तमा सोमबार गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब २५० जना घाइते भएका चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले जनाएको छ । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ ।
सोमबार चीनको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको थियो । सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com