भदौ, २६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते अनुमति दिएको थियो । लामिछाने हाल देश बाहिर छन् । उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com