मंसिर, २३ । सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com