मंसीर, २७ । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालााई आफ्नै बिगतले गिज्याउदैन ? भन्दै प्रश्न गरेका छन् । सरकारले ल्याएको अध्यादेशबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यु ! ताजा जनादेश प्राप्त भइसकेको यो बेलामा अपराधी जेलमुक्त गरेर सत्ताको जोडघटाउ गर्न त्यसबेलाको तपाइको बक्तब्यले गिज्याएन ?’
विशाल भट्टराईले फेसबुकमा लेखेको स्टाटस
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उनै शेरबहादुर देउवाको अनुपस्थितिका कारण संवैधानिक परिषदको बैठक बस्न नसकेर धेरै संवैधानिक पदहरु रिक्त भएकोले बाटो फुकाउन संसद बैठक नबसेको बेलामा अध्यादेश जारी गर्दा यस्तो बक्तव्य जारी गर्ने सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यु १ ताजा जनादेश प्राप्त भइसकेको यो बेलामा अपराधी जेलमुक्त गरेर सत्ताको जोडघटाउ गर्न त्यसबेलाको तपाइँको बक्तब्यले गिज्याएन ?
केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउदा तिन हात उफ्रेर बिरोध गर्ने माधव नेपाल, पुष्पकमल दहाल लगायतका नेता अहिले किन मूक बस्नुहुन्छ ?
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन भन्दै अध्यादेश ल्याउने सरकारले निर्णय गरेसँगै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com