पौष, ९ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा पहिरोको उच्च जोखिम रहेको क्षेत्रको अनुगमन गरिएको छ । सांसद माधव सापकोटा सुबोधले आज बिहान लिसंखुपाखरको वडा नम्बर ५ मा पर्ने जेठलमा पहिरोको उच्च जोखिम र यसको रोकथामका लागि अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सांसद सुबोधले पहिरोको रोकथामका लागि आवस्यक बजेट छुट्याइ काम अघि बढाउन आवस्यक रहेको र त्यसका लागि पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ । अनुगमनमा गाँउपालिका अध्यक्ष राजु लामा, भू तथा जलाधार व्यबस्थापन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दिवाकर मास्केलगायत प्राविधिक टीमको सहभागिता रहेको थियो । अनुगमन टीमले पहिरो रोकथामका लागि पहिले सर्भे गर्ने र काम अघि बढाउने बताएको छ ।
जेठल खोलाका कारण पहिरो जाँदा त्यस क्षेत्रमा रहेका ५० घरहरु जोखिममा परेका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com