पुष, २३ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिकाभित्र सञ्चालित आयोजनाहरुको सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झौताको मिति नाघिसक्दा समेत आयोजनाको कामै नथालेको भन्दै ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका हुन् ।
ठेकेदार कम्पनी महादेव खिम्ति हिराचन जेभिलाई पटक–पटक ताकेता गर्दा समेत अटेर गरेको अध्यक्ष राईकोे भनाई छ । सोही कम्पनीले गाउँपालिकामा दिप्लीघाट र बर्खुघाटमा मोटरेबल पुल बनाउने ठेक्का सम्झौता गरेको तर, सम्झौताको मिति नासिक्दा समेत काम नै सुरु गरेको छैन ।
कम्पनीले १० करोड १८ लाखको लागतमा मिति २०७८/०३/२३ सम्ममा सम्पन्न गर्ने गरि २०७५/०३/२४ गते दिप्लीघाट मोटरेवल पुलको सम्झौता गरेको थियो । त्यस्तै, ११ करोड ६० लाखको लागतमा सम्झौताको ३३ महिनामा काम सक्ने गरि वर्खुघाट मोटरेवलपुलको २०७७/०५/१० गते सम्झौता गरेको थियो ।
ठेक्का लिएर काम नगर्ने कम्पनीलाई अध्यक्ष राईको ध्यानाकर्षण
पुष, २३ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिकाभित्र सञ्चालित आयोजनाहरुको सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्केदार ध्यानाकर्षण गराएका छन् । अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झौताको मिति नाघिसक्दा समेत आयोजनाको कामै नथालेको भन्दै ठेकेदार कम्पनीहरुको ध्यानाकर्षण गराएका हुन् ।
ठेक्केदार कम्पनी रवि सिं महादेव खिम्ति हिराचन जेभिलाई पटक–पटक ताकेता गर्दा समेत अटेर गरेको अध्यक्ष राईकोे भनाई छ । सोही कम्पनीले गाउँपालिकामा दिप्लीघाट र बर्खुघाटमा मोटरेबल पुल बनाउने ठेक्का सम्झौता गरेको तर, सम्झौताको मिति नासिक्दा समेत काम नै सुरु गरेको छैन ।
कम्पनीले १० करोड १८ लाखको लागतमा मिति २०७८÷०३÷२३ सम्ममा सम्पन्न गर्ने गरि २०७५÷०३÷२४ गते दिप्लीघाट मोटरेवल पुलको सम्झौता गरेको थियो । त्यस्तै, ११ करोड ६० लाखको लागतमा सम्झौताको ३३ महिनामा काम सक्ने गरि वर्खुघाट मोटरेवलपुलको २०७७÷०५÷१० गते सम्झौता गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com