
माघ २२ । पछिल्लो साता उच्च विन्दुमा पुगेको सुनको मूल्य यो साता भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ हजारले र चाँदी ४५ रुपैयाँले सस्तिएका हुन्। योसँगै आज छापावाल सुन १ लाख ४ हजार १ सय, तेजाबी सुन १ लाख ३ हजार ६ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएका छन्। शुक्रबार छापावाल सुन १ लाख ६ हजार १ सय, तेजाबी सुन १ लाख ५ हजार ६ सय र चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com