फागुन, २२ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको छ । उपयत्का सहित पहाडी जिल्लाहरुमा सोमबार होली मनाइँदै छ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com