सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न पहलहरु थालेको छ । पर्यटनको प्रचुर संभावना रहेकाले पर्यटन विकासमा गाउँपालिकाले फोकस गरेको छ । गाउँपालिकाले आफ्नोे पालिका भित्र रहेका पर्यटकीय गन्तब्य पहिचान र ती ठाउँहरुको विकासका लागि केहीदिन अघि मात्रै नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) समझदारी गरेको छ । अब गाउँपालिकाले टानसँगको साझेदारीमा पालिकाभित्र पर्यटन बिकासका कामहरूलाई अगाडी बढाउने भएको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
बिश्वकै सर्बोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार यहि गाउँपालिकामा पर्दछ । तर, यस्ता महत्वपूर्ण ठाउँहरुको पर्याप्त प्रचार र विकास हुन नसक्दा पर्यटकीय गन्तब्यहरु ओझेलमा परेका छन् ।
टानसँग गएको आइतबार गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरी बास्तोलाबीच पर्यटन विकाससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरसंगै माप्यदुधकोशी ग्रामीण पर्यटन बिकासका लागि टानसंग साझेदारी गर्ने पहिलो गाउँपालिका बन्न पुगेको छ । साझेदारीपत्रमा ट्रेकिङ ट्रेलको खोज, अन्वेषण, बिकास र बिस्तारका लागि दुबै पक्षले महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख छ । यसअघि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, वडा सदस्य दुर्गा राई,टानका पूर्ब प्रथम उपाध्यक्षसमेत रहेका चोलेन्द्र कार्की तथा टानका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल नेतृत्वको टोलीले स्थानीय स्तरमा पर्यटन बिकासको सम्भावनाबारे अध्ययन गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com