वैशाख ६ । गायक प्रविन बेड्वालको गीत ‘माया लाईसक्यो २’ सार्वजनिक भएको छ । यो उनको ‘माया लाईसक्यो’ को सिक्वेल गीत हो । गीत प्रविन बेड्वालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सो गीतको भाग एकले दर्शकको निक्कै माया पाएपश्चात भाग दुई पनि ल्याएको गायक भेटवालको भनाई छ ।
सि एल शर्माको शब्द, सङ्गीत रहेको यस गीतमा प्रविन र प्रतिमा केसीले आफ्नो आवाज दिएका छन् । स्मिर्ती शाही र दिया पोखरेलले यस गीतको कोरस गायनमा सहयोग गरेका छन् भने एरेन्जर संजीव वराईलीले उक्त गीतलाई एरेन्ज गरेका छन् । गीतको भिडियोमा गायक बेड्वाल स्वयम प्रस्तुत भएका छन् । भिडियोमा बेड्वाल र सन्जिता खतिवडा बिच अन स्क्रीन रोमन्स देख्न सकिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com