वैशाख, २५ । भारतको दक्षिणी राज्य केरलामा पर्यटकहरू चढेको एउटा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आइतवार साँझ दुर्घटनाग्रस्त उक्त डुङ्गालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको छ। दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै यात्रुहरू डुङ्गामुनि फसेका थिए भने राति अँध्यारोका कारण उद्धारकार्य अवरुद्ध भएको थियो। ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com