वैशाख, २५ । भारतको राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।
भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् ।
बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com