वैशाख, २८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि अध्यक्ष ओलीको भनाइ छ ।
‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो’, अध्यक्ष ओलीले भने, ‘सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु ।’ यो प्रकरणमा ठुलठुला व्यक्तिसमेत तानिने अवस्थाबारे गरिएको प्रश्नमा ओलीले त्यसमा आफ्नो भन्नु केही नरहेको बताए । ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com