जेठ, ७ । काठमाण्डौको तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनले आफु जनताको लागि सदा सेवकको रुपमा रहने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत नगरबासीलाई साथ र सहयोगका लागि धन्यवाद् दिँदै सदा आफुलाई शासकको रुपमा नभई सेवकको दृष्टिकोणले हेरिदिन नगरबासीलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, सदा मलाई हजुरहरुले शासकको रुपमा होइन सेवकको दृष्टिकोणले मध्येनजर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। मलाई कमाउन होइन मलाई तारकेश्वर नगरपालिका बनाउनु छ।
उनले नगरबासीका समस्या र गुनासाको सम्बोधन गर्नमा आफु सदा तत्पर रहेको बताउँदै दिगो विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मेयर महर्जनले आफु जनप्रतिनिधि भएकाले व्यक्तिगत लाभ नहेरी सँधै नगरपालिका बनाउतिर आफ्नो ध्यान जाने प्रतिबद्धता जनाएका छन् ।
मेयर महर्जनले नगरबासीका लागि यस्तो लेखेका छन् :
आदरणिय आमा- बुबा , दाजु- भाई , दिदी -बहिनी , इष्टमित्र ,साथी-भाई ,राजनैतिक दलका अग्रज एवम् सहयात्री महानुभावहरु ,वौदिक एवम् विज्ञ सल्लाहकार ज्युहरु तथा सम्पुर्ण नगरवासीहरुमा हृदय देखि नमन ब्यक्त गर्दै आज पदभार सम्हालेको १ बर्ष बितेको छ यस अवधी सम्ममा हजुरहरु समक्ष बोलेका बोली – बाचा भुलेका छैनौ जुन कुरा थियो एक घर एक धारा त्यो पनि पानी सहित ,करको दायरा बढाउने र सामुदायिक विधालयमा गुणस्तर बदाउने सो कार्य मध्य खानेपानीको तिव्र गतिमा अगाडी बढेको छ कहि कतै वडामा पानीको हाहाकार भई गुनासो आएको छ यसलाई नगरपालिकाले स्विकार गरि यथासिघ्र समाधानको पक्षमा उभिने र हजुरहरुको सदा साथ रहने विस्वास लिएर पुर्ण गर्ने प्रतिबध्तता कायम गर्ने छौ र खानेपानी मुहानबाट वितरण गर्नको DPR को लागि नगरपालिका अगाडी बढिसकेको छ । करको दायरा बढाउने क्रममा सोचेको भन्दा बढि राम्रो नै भएको छ।सामुदायिक बिधालयमा शिक्षा शाखा,नगर शिक्षा समिति ,सल्लाहकार साथै सम्पुर्ण प्र • अ ज्युहरु साथ र सहयोगले शिक्षा सुधार कार्य अगाडी नै बढेको छ र संस्थागत बिधालयका प्रतिनिधी ज्युहरु संग पनि राय लिएर अगाडी बढेको छ साथै नगरपालिकामा सेवाग्राहीहरु लाई सेवा चुस्त दुरुस्त ,पारदर्शितता सु-शासन र छिटो -छरिटो कायम गरेका छौ थप सुविधाको लागि बिधुतिय सुशासन प्रणाली सेवा दिने काम वडा नं -७ बाट शुरु भैसकेको छ। स्वास्थमा निशुल्क बिमा, रगत ,डायलासिस उपचार जस्ता कार्य सुचारु भैसकेको हरेक बिषयगत शाखामा उतिकै कार्यहरु सरल तरिकाले सेवा सुविधामा अगाडी बढेको छ साथै समग्र हिसाबमा पुर्वाधारमा बिकासको नजरले वडा नं १ देखि ११ सम्मको पक्कै पनि हजुरहरुले महसुस गर्नु भएको नै हुनुपर्छ साथै बिभिन्न संञ्चार माध्यमबाट पनि सम्मेलन गरेर सार्वजनिक जेठ ५ गते गरिसकेका छौ साथै आगामी दोश्रो बर्षको कार्यकालमा पनि अधिल्लो बर्षको कार्यका कमिकम्जोरी सच्याई दिनुहुन र सुझावको लागि राजनैतिक दलका साथीहरु लगात सम्पुर्ण तारकेश्वर नगरवासी परिवारजनहरुमा हृदय देखि नै आभार ब्यक्त गर्दछौ। सदा मलाई हजुरहरुले शासकको रुपमा होइन सेवकको दृष्टिकोणले मध्येनजर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। मलाई कमाउन होइन मलाई तारकेश्वर नगरपालिका बनाउनु छ। धन्यवाद जय तारकेश्वर,जय नगरवासी,जय नेपाल !!!
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com