असार, १९ । मार्क ईन्टरनेशनल किड्नी सेन्टरले ३ सय ३५ जनाको निशुल्क मृगौला परिक्षण गराएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ र काठमाण्डौ विद्यालयसँगको सहकार्यमा मार्क ईन्टरनेशनलले निशुल्क मृगौला परिक्षण गरेको हो । मार्क ईन्टरनेशनलको स्वस्थ मृगौला स्वस्थ जीबन अभियान अन्तर्गत शनिबार काठमाण्डौ विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।
बरिष्ठ मृगौला रोग विशेषज्ञ डा.अर्चन शम्शेर राणा, डा.स्कन्द रुपाखेती र डा. प्रसिस राईले शिविरमा सहभागि नागरिकको मृगौला परिक्षण गरेका थिए ।
सहभागिमध्ये एक सय २० भन्दा बढि नागरिकमा मृगौलामा समस्या देखिने खतरा रहेको पाइएको छ । कतिपय विरामीमा सुगर र प्रेसर रोग रहेकाले पनि मृगौलामा समस्या देखिने खतरा देखिएको हो । उनीहरुलाई सचेत रहन चिकित्सकहरुले सुझाएका छन् ।
मार्क ईन्टरनेशनलले विगत ६ वर्षदेखि मृगौलाबारे जनचेतनामुलक कार्यक्रम र शिविरहरु सञ्चालन गर्दै आएको छ । नक्साल, लाजिम्पाट क्षेत्रमा अहिलेपनि मृगौलाबारे जनचेतना र बिरामी पहिचानका कार्यक्रम गरिरहेको सेन्टरका मार्केटिक मेनेजर सुकृत भट्राईले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com