असार, २३ । नेकपा माओवादी सोलुखुम्बुका विद्यार्थी नेता मोहन बस्नेत क्रन्तिकारी स्ववियु काउन्सिलको केन्द्रिय सदस्यमा चयन भएका छन् । क्रन्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेलाबाट विद्यार्थी नेता बस्नेत केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
बस्नेतले आफु जन्मेको जिल्ला सोलुखुम्बुलाई आधार बनाएर विद्यार्थी राजनीति गर्दै आएका छन् ।
उनी नेचा सल्यान गाउँपालिका स्थित बि.पी.कोइराला संस्कृत विद्यापीठका स्वपियु सभापति पनि हुन् । सानै उमेरदेखि राजनीतिमा छिरेका उनी जिल्लामा पनि निकै सक्रिय राजनीति गर्छन् । क्रन्तिकारी स्ववियु काउन्सिलको भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय कमिटी बनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com