साउन, १२ । नीजेरमा राष्ट्रपतिलाई अपदस्थ गरिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गरेका छन्। उनीहरूले त्यहाँ ढुङ्गामुढा गर्नुका साथै भवन तथा र सवारीसाधनहरूमा आगजनी पनि गरे।
विद्रोही नेताहरूको समर्थनमा संसद्बाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद् भवनबाहिर रुसको झण्डा प्रदर्शन गरिएको थियो।
बुधवार राष्ट्रपति मोहम्मद बाजूमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बतायो।
रुसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसङ्घले जस्तै बाजूमको रिहाइको माग गरेको छ। दुई वर्षअघि नीजेरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजूम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
नीजेरमा यूरेनिअम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको ुकूु को निन्दा गरेका छन्। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com