काठमाडौं, नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ ।
त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो ।
आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो ।
जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करन केसीले लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियाे भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएकाे छ। खेल जारी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com