काठमाडौं, १६ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो ।
नेपालले पूरा २० ओभर खेल्दै पूरा विकेटको क्षतिमा १४० रन बनायो ।
यसअघिघ ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com