काठमाण्डौ, १० । केपी ओली कप टी २० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा जारी खेलमा पुलिसले आइतबार पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको हो ।
पुलिसको जीतमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका थिए भने जवाफी ब्याटिङामा मधेशले सुखद सुरुवात गर्न सकेन ।
बलिङमा पुलिसका करण केसी, रशिद खान, सागर ढकाल र ललित राजभण्डारीले समान २ २ विकेट लिए ।
अब मधेशले भोली सोमबार सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com