काठमाण्डौ, १८ । एक आमा छोरा जो यही काठमाडौँ शहरभित्र छन् । र पनि भेट हुन्न । आमा वर्षैँदेखि बीर अस्पतालमा । छोराको बसाई किर्तिपुरमा । अन्यायमा परेकाहरुका लागि भन्दै दौडधुप । तर पनि आमा गंगामाया र छोरा नुर अधिकारीको भेट नै हुँदैन । कुनै विशेष परिस्थितिमा एकाध मिनेट त्यो पनि वर्षको एक दुई पटक । त्यो बाहेक आमा छोराले संगै बसेर खाना पनि खाएका छैनन् ।
यो कुनै अपरिचित अनुहार होइन । उनी गंगामायाँ अधिकारी । गोर्खा फुजेल काण्डले बाध्यतावस चर्चामा ल्याएको अनुहार । कान्छा छोराको न्यायका लागि अनसन बस्दा बस्दै श्रीमान्को समेत साथ गुमाएकी गंगामाया अधिकारी अझै असनसमै छिन् बीर अस्पतालमा । ७१ असोज ६ गते नन्द प्रसादको मृत्यु भएपछि गंगामाया ९ वर्षदेखि एक्लै अनसनमा छिन् । आमाको स्वास्थ्य दिनदिनै विग्रिदै गएको छ । तर एक मात्र छोरा नुरु अधिकारी अस्पताल पुग्दैनन् ।
गंगामायाले पनि छोरा भेट्न नआएकोमा चित्त दुखाई गरेकी छैनन् । छोराको प्रसंग निकाल्दा गंगामायाले यो लडाइँ छोराका नभई आफ्नो भउको बताउँछिन् । र छोरा आफ्नो काम गरेर बसेको सुनाईन् । मैले बोलाएँ भने छोरो आउँछ, गंगामायाँले भनिन् ।
नूरलाई पनि आमासंगै बस्न मन नभएको होइन । गंगामायालाई पनि छोरासंगै बस्ने मन नभएको होइन । तर न नूर आमासंगै बीरमै अनसनमा बस्न सक्छन् र गंगामाया अनसन त्यागेर छोरासंग गएर बस्न सक्छन् । एउटै शहरभित्र बसेर पनि आमा छोराको यो अवस्थाले थुप्रै प्रश्नहरु जन्माउँछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com