मंसीर, १९ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मुस्कान चोकको सडकलाई कालोपत्रे गरिएको छ । झण्डै दुई वर्ष देखि ठेक्केदार कम्पनीको लापर्वाहीका कारण रोकिएको कालोपत्रेको काम बुनपा १२ का अध्यक्ष शम्भु भट्टराईले एक्शन लिएपछि कालापत्रे सम्भव भएको हो । सडक कालोपत्रे नहुँदा वडाध्यक्ष भट्टराई दिक्दार बनेका थिए । बल्ल बल्ल ठेक्केदार कम्पनी कालोपत्रेका लागि फिल्डमा आएपछि वडाध्यक्षले फिल्डमै बसेर काम सम्पन्न गर्न लगाए ।
वडा र नगरपालिकाको पहलमा सडक पिच सम्पन्न भएको छ । ढिलै भएपनि सडक पिच भएपछि स्थानीयको खुसी व्यक्त गरेका छन् ।
तर, केही स्थानीयले भने सडक पिच भएपनि यसको गुणस्तरीयतामा प्रश्न गरेका छन् । विकास निर्माणका काम गर्दा गुणस्तरीय नहेर्ने सरकारको पुरानै पद्धतीले अझै नछाडेको भन्दै गुनासो गरे ।
एक करोड ३० लाख बजेटमा मुस्कानचोक, आदर्शटोल क्षेत्रमा नगरपालिकाले सडक पिचको योजना अघि बढाएको हो । योसँगै वडा नम्बर १२ का अन्य टोलमा पनि सडक पिचका कामलाई वडाले धमाधम अघि बढाएको छ । १२ नम्बर वडाले यो वर्ष सडक विकासका लागि एक करोड ५५ लाख बजेट छुट्याएको छ भने सडक र अन्य विकास निर्माणका कामलाई प्राथमिकता दिएको वडाध्यक्ष भट्टराईको भनाई छ ।
अध्यक्ष भट्टराई दोहोरिए निर्वाचित भएका हुन् । उनले अपुरा योजनाहरुलाई दोस्रो कार्यकालमा जसरी पनि सम्पन्न गराउने ध्याउन्नमा छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com