मंसीर, २७ । युरोपेली च्याम्पियन्स लिगबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड बाहिरिएको छ । समूह ए मा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट म्यानचेस्टर युनाइटेड बाहिर भएको हो ।
समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल बेहोर्न पुग्यो । बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com