पुस, ३ । एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे एनसेल र नेपालका सरकारी निकायसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । सर्वोच्चले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर बिक्रीमा कर छली भएको हुनसक्ने शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग राखेर रिट निवेदन दिएका थिए । सोही रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले लिखित जवाफ माग गरेको हो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।
सर्वोच्चले यो विवादमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन आगामी १६ पुसमा दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com