पुष, ८ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जारी छ । अभियानको जिम्मेवारी पाएका माओवादी केन्द्र वागमती प्रदेश सदस्य तथा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा सक्रियतापूर्वक पार्टीको संगठन विस्तारमा घरदैलो अभियानमा व्यस्त छन् । केहिदिनयता नेता लामा आफ्नो जिम्मेवारीमा परेको कार्यक्षेत्र लिसंखुपाखरगाउँपालिकामा संगठनलाई बलियो बनाउने अभियानमा खटिएका उनको सचिवालयले जनाएको छ । अभियानका क्रममा नेता लामाको नेतृत्वमा जारी अभियानले संगठन विस्तार, टोल कमिटी गठन, भेला तथा बैठक जनगुनासो सुन्ने कामहरु गरिरहेको छ । अभियानका क्रममा गाउँपालिका भित्र पार्टीप्रति नागरिकको उत्साहजनक उपस्थिती भेटिएको अभियानमा सक्रिय वाईसियलका सिन्धुपाल्चोक जिल्ला सदस्य विशाल लामाले बताए ।
आज मात्रै लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर १ ठूलो धादिङमा भएको वडा सम्मेलनमा दर्जन भन्दा बढि नागरिक माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा सम्मेलनले बिनोद लाल घिसिङको अध्यक्षतामा २९ सदस्यीय नया कमिटी गठन गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com