पुष, १३ । राष्ट्रिय युवा परिषदले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा स्वयमसेवक युवाहरु खटाएको छ । परिषद्का सदस्य विनोद शाही ठकुरीको नेतृत्वमा स्वयंसेवकलाई परिचालन गराएको हो । भुकम्प प्रभावित कोशी गाउँपालिकामा पुगेका स्वयमसेवकले प्रभावितहरुको अस्थाई टहरा निर्माण, स्थानान्तरण लगायतका काम गरेका छन् । प्रभावित क्षेत्रमा खटिएका परिषद्का सदस्य विनोद शाही ठकुरीले बिपदमा परेका जाजरकोट बासीन्दामा पिडामा मल्हम लगाउन युवा स्वयमसेवकहरुलाई खटाइएको बताए । हाम्रो उदेश्य स्वयंसेवक उत्पादन गर्ने हो, उत्पादन संगै स्वयंसेवकको पहिचान गरि अभिलेख राखिने र आवश्यक रहेको खण्डमा भोलिका दिनमा बिपदमा उद्दार गर्न परिचालन गर्न सहज हुने शाहीले भने ।
परिचालनले स्थानीय खुसी भएको र यसलाई निरन्तरता दिन स्थानीय युवालाई उत्प्रेरित गरिएको हो।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषदले विभिन्न रचनात्मक युवा लक्षित कार्यक्रम गर्दै आएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com