पुष, १७ । सोलुखुम्बुका सुरेशबाबु जमरकट्टेल बिश्वका अभिकर्ताहरुको सर्बोच्च अन्तर्राष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2024 मा छनौट भएका छन् । अघिल्लो वर्ष अर्थात सन् २०२३ मा सर्वोत्कृष्ट अभिकर्ताको रुपमा कारोबार गर्न सफल भएपछि MDRT ले आफ्नो सदस्यकोे रुपमा कट्टेललाई चयन गरेको हो ।
नेचा सल्यान गाउँपालिका स्थायी घर भएका कट्टेल विगत एक दशक यता ईन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा आबद्ध छन् । हाल उनी काठमाण्डौको स्वयम्भु साखामा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी मेनेजरको रुपमा कार्यरत छन् ।
उनले २०६९ सालदेखि नै अभिकर्ताको रुपमा काम थालेका थिए । त्यसबेला उनी नेपाल लाईफ ईन्स्योरेन्समा आबद्ध रहेका थिए । फेरि २०७८ सालदेखि सिटिजन लाईफ इन्स्योरेन्समा कट्टेल आबद्ध भई काम गरे ।
सिटिजन लाईफमा उनी उत्कृष्ट अभिकर्ताको रुपमा परिचित छन् भने अघिल्लो वर्ष देशभरबाट उत्कृष्ट अघिकर्ताको सातौँ नम्बरमा पर्न सफल पनि भएका थिए । कट्टेल सहित सिटिजन लाईफ ईन्स्योरेन्सका १९ जना अभिकर्ताहरु MDRT को सदस्यमा चयन भएका छन् । सिटिजन लाईफ ईन्स्योरेन्समा ५५ हजार भन्दा धेरै अभिकर्ता रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com