पुष, १७ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उदघाटन गरिएको छ । आज बागमति प्रदेशसभा सांसद सरल सहयात्री पौडेलले गाउँपालिकामा रहेको सिक्रे खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
आगामी बिहिबारसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरुको उत्साहजनक सहभागिता रहेको छ । भलिबल, एथ्लेटिक्स, मार्सलआर्ट र कबड्डी गरि ४ विधामा खेलाडीलाई प्रतिष्पर्धा गराईदैछ । यो पटक थप दुई विधाका खेलहरु पनि रहेकाले विद्यार्थीहरुको उत्साहजनक उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।
खेलका लागि संघीय सरकारबाट १ लाख रुपैया प्राप्त भएको र बाँकी गाउँपालिकाले विद्यालयसँगको सहकार्यमा प्रपितयोगिता गरेको अध्यक्ष राजु लामाले बताए । प्रतियोगिताकोे उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामाले खेल क्षेत्रको विकासका लागि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।
प्रतियोगिताको सामापन कार्यक्रम आगामी बिहिबार १९ गते हुनेछ । कार्यक्रममा संघीय सांसद माधव सापकोटा सुबोध र प्रदेश सभा सदस्य माइली तामाङको प्रमुख आतिथ्यतामा समापन गरिनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com