विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com