माघ, १४ । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी विधान संशोधनका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको अन्तरिम विधान २०७८ मा जिल्ला तहबाट समेत आएका सुझावसहितको प्रस्तावित संशोधनको मस्यौदा पेश गरिएको छ ।
करिब एक हजार ५ सय प्रतिनिधि सहभागी बैठकमा उक्त प्रस्तावबारे समूहगत छलफल गरेर एकीकृत मस्यौदाका रूपमा परिमार्जन गरिने छ । परिषद् बैठकमा १० समूह बनाएर छलफल हुने छ भने सात प्रदेश, विभाग, केन्द्रीय आयोग र जनवर्गीय सङ्गठन गरेर समूहगत रूपमा प्रस्तावित मस्यौदामा छलफल सुरु भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com