माघ, २५ । देशका विभिन्न जिल्लाका पशुमा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । ‘सर्भिलेन्स’ गर्दा काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेका छन् । यसअघि नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएको थियो । त्यसपछि दुई वर्षको अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेका थिए ।
विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको बताएको हो । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत भनेको छ । सचेत भए पशुहरूमा ठूलो क्षति नहुने भन्दै विभागले किसानहरुलाई नआत्तिन आग्रह गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com