माघ, २९। जनयुद्ध दिवसको अवसरमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा हिजो बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको हो । गाउँपालिका निमित्त प्रशासकीय अधिकृत खरिधन राईले एक सूचना जारी गर्दै गाउँपालिकामा फागुन १ गते लाई सार्वजनिक दिदा दिएको जानकारी दिनुभयो ।
यसअघि दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिँदै आएको थियो । जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले भने बदर गरिदिएको छ । तर, कतिपय स्थानीय तहले धमाधम बिदा दिईरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com