फागुन, १ । सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । त्यसैले आम सहिदलाई पार्टीको तुच्छ ट्याग हटाएर राष्ट्रीयकरण गर्दै राष्ट्रले गर्वको बिषयको रुपमा लिनुपर्दछ ।
जनयुद्धताका बॉच्नेहरुले केही कमिकमजोरी गरे होलान् तर शहिद भएकाहरुसंग कुनै तुच्छ स्वार्थ थिएन । उनीहरुले आफ्नो ज्यान आहुती गरे त केवल देश र आमजनताका लागी । त्यसैले सहिद कहिल्यै पार्टीको हुंदैन । चाहे त्यो २००७ सालको होस् वा २०४६ सालको आन्दोलनको होस् अथवा जनयुद्धको होस वा मधेश आन्दोलनको होस् । शहिद देशको नयाँ ब्यबस्थाको जननि हो, संघिय लोकतान्त्रिक गणतन्त्र ठिक हुने तर ब्यबस्थाको निम्ति आहुति दिने शहिद अपमानित हुनुपर्ने ? यो अहिलेको गम्भिर र पेचिलो प्रश्नको रुपमा खडा भएको विषय हो । सहिदहरु देश÷जनताको साझा सम्पति हुन, यसलाई पार्टीकरण गरिनु हुदैन । जनयुद्धका सहिदबारे माओबादीले पनि पार्टीकरण गर्नुहुँदैन र गरेको पनि छैन । अन्य दल वा व्यक्तिले अनावस्यक सहिदको परिभाषा बदल्न खोज्नु सहिदप्रति अपमान गर्नु हो ।
शान्ती प्रक्रिया पश्चात सात दल र माओवादी बीच सहमति भएर देशको निरंकुश राजतन्त्रको नेतृत्व हटाएर देशमा शार्वभौम जनताको नेतृत्व गर्ने बृहत तथा ऐतिहासिक सहमति भयो तत् पश्चात नै देश आज यो संघीय गणतन्त्रात्मक ब्यबस्थामा छ । यही व्यवस्थामा उभिएर आम नागरिकले स्वतन्त्रताको सास फेर्न सकेका छन् ।
जनयुद्धका महान शहिदहरु न आजका सत्ताधारी बार्गेनिङ वाला माओबादी हुन् न त कुनै पदीय लोभमा लिप्त भएर जनयुद्धमा होमिएका नै थिए । ति शहिदहरु त केबल देशले काचुलि फेर्ला आम जनताले मुक्ति प्राप्त गर्ला भनेर हिडेका निस्वार्थ मर्न तयार भएका देश भक्ति भाबले ओतप्रोत महान विचार बोकेर हिंडेका थिए । त्यसैले सहिदलाई कसैले पार्टीकरण गर्नुहुँदैन भन्ने मेरो विचार हो । सहिदलाई राष्ट्रीयकरण गर्दै गर्व र शाख गर्ने बिषय बन्नु पर्छ । शहिदले बगाएको रगतले लतपतिएको संबिधानमा टेकेर नेता, मन्त्री, जनप्रतिनिधि भएकाहरु, गणतन्त्रका न्यायधिसहरुले जनयुद्ध या शहिदको अपमान गर्न मिल्दैन । आजसम्मका सबै शहिदहरु राष्ट्रका साझा सम्पति र गर्वको बिषय बन्नुपर्छ ।
सबैलाई जनयुद्ध दिवशको शुभकामाना !
राजु लामा – लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष र माओवादी पार्टीको वागमति प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com