फागुन, ५ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले जितेको छ । शनिबार भएको लिगको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको हो । पहिलो खेलमा भने नामिबियासँग ४ विकेटले नेपाल पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
ओडीआई खेलमा नेपालले दोस्रो पटक नेदरल्यान्ड्सलाई हराएको हो। यसअघि सन् २०१८ मा भएको २ खेलको सिरिजमा नेपालले १ रनको जित निकालेको थियो।
नेपालले अब आगामी बुधबार तेस्रो खेल नामिबियासँग खेल्ने छ
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com