फागुन, ६ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको ५ सय र चाँदीको २० रुपैयाँले मूल्य बढेको हो।
आज छापावाल सुन १ लाख १७ हजार ६ सय र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com