फागुन, १७ । जिल्ला अदालत काठमाडौँले शर्मिला वाइवालाई थप ४ दिन हिरासतमा राख्न आदेश दिएको छ । प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने स्थिति आएपछि आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनी माथि अनुसन्धानका लागि ४ दिन मागेको थियो । अदालतले पनि पुरापुर ४ दिन नै समय दिएको छ ।
सामान्यतया प्रहरीले हिरासतमा रहेको व्यक्तिलाई थप अनुसन्धानका लागि म्याद थपका लागि प्रहरीले मागेको समयमा एक दिन घटाएरै दिने गर्दछ । शर्मिलाको हकमा प्रहरीले मागे जत्ति नै समय उपलब्ध गराएको छ । तर कथित अभियन्ताको नाममा समाजमा नौटंकी मञ्चन गरिरहेकी, मानिसको व्यक्तिगत जीवनमा भाडभैलो मच्चाइरहेकी शर्मिला माथि अनुसन्धान गर्नु पर्ने अरु थुप्रै विषयहरु छन् । शर्मिलाबाट पिडित बनेका अन्य व्यक्तिहरु पनि उनलाई कारवाही गरि पाउँ भनि जिल्ला प्रहरी परिसर टेकुमा उजुरीहरु पर्न थालेका छन् । हालसम्म मौखिक रुपमा आधा दर्जन उजसरी आए पनि त्यसलाई लिखितम गरि लैजान पिडितहरु जुटेका छन् । कथित न्यायका लागि लडेको भन्दै व्यक्ति विशेषलाई डर धम्की दिने, ठगी गर्ने धन्दामा शर्मिला रहेको प्रहरीको भनाई छ ।
पिडितहरुको जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती बताइएको छ । ती सबै उजुरी र प्रमाणहरु भेटिएका विषयमा प्रहरीले अनुसन्धान गर्नेछ । अहिले प्रहरीले शर्मिलाको मोबाइल, अन्लाइन म्यासेज देखि बैँक स्टेटमेन्टहरुसम्म जाँच गर्दैछ । कथित अभियन्ता भाइरल पात्र शर्मिला महाराजगन्ज प्रहरी हिरासतमा छिन् । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com