फागुन, १८ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुको प्रभावका कारण आज यी दुई प्रदेशमा बदली भई वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी आइतबारसम्म काठमाडौँ उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको जनाएको छ । शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना छ ।
शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौँमा पनि वर्षा हुने सम्भावना छ । सोमबारदेखि फेरि मौसम सामान्य हुनेछ ।
तराईमा भने हल्का वर्षामात्रै हुने छ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद्ले बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com