फागुन, २३ । आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको नेपाल क्रिकेट संघ क्यानले
जनाएको छ । सोही तयारीका लागि सरकारले बजेट उपलब्ध गराएकोमा क्यानले सरकारलाई धन्यवाद समेत दिएको छ ।
क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ ९क्यान० हार्दिक आभार व्यक्त गर्दछ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com