फागुन, ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज उपस्थित २६८ सांसद मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको थियो । यस पटक प्रचण्डको पक्षमा नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिए। त्यस्तै डा अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि प्रचण्डले पाएका छन्।
गत फागुन २१ गते गठबन्धन फेरेर नेकपा एमालेलगायतका दलसँगको नयाँ समिकरण बनाएपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदा प्रचण्डले विश्वासको मत लिनुपरेको हो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com