चैत, ४ । विश्व फुटबल महासंघ फिफाको वरीयतामा नेपाली महिला फुटबल टिमको सुधार देखिएको छ । फिफाले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाली महिला फुटबल टोली ५ स्थानमाथि उक्लिएको छ।
साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिप खेलेको महिला टोलीले ५ स्थान सुधार गरेको हो। वरियताको शीर्ष स्थानमा विश्वकप विजेता स्पेन छ। इङ्ल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौ स्थानमा छन्। फिफा वरीयताको दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत छ। भारत एक स्थान तल झर्दै ६६ औँ स्थानमा पुगेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com