चैत, ७ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही यतिबेला कर्णाली प्रदेशमा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ मा व्यस्त छन् । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि निस्किएका शाही सल्यान रुकुम हुँदै अहिले डोल्पा पुगेका छन् ।
नेता शाहीले गएको चैत २ गतेदेखी सल्यान कपुरकोटबाट ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सुरु गरेका थिए । उनको लक्ष्य सल्यान कपुरकोटबाट हुम्ला सिमिकोटसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्ने रहेको छ । सोही क्रममा आफुले त्यहाँका कार्यकर्ता र स्थानीयबासीन्दाहरुसँग छलफल तथा अन्तरक्र्रिया गर्दै उनीहरुका गुनासो सुन्ने काम गरिरहेको नेता शाहीले बताएका छन् ।
नेता शाहीले भने, ‘पछिल्लो समय कार्यकर्ता र आमनागरिकमा निराशा बढिरहेको अवस्थामा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ का क्रममा हुने अन्तरक्रिया र छलफलले पार्टीलाई थप उर्जाशील र गतिशील बनाउन र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थपिने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com