चैत, ८ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com