चैत, १५ । रेडियो नेपालले ७४ औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । आज सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १ सय ६० भन्दा बढीले आँखा जाँच गराएका शिविरको संयोजन गर्नुभएका मुख्य कार्यक्रम अधिकृत पूर्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जसँगको सहकार्यमा रेडियो नेपालले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, सञ्चार मन्त्रीका प्रेस विज्ञ नरेन्द्र केसी, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नायब कार्यकारी निर्देशकद्वय खगेन्द्र खत्री र कृष्णचन्द्र पौडेलसहित रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारी तथा पत्रकारहरुले आँखा जाँच गराएका छन् ।
शिविरमा अधिकांशको आखा सुख्खा हुने, आँखामा मासु पलाउने, आँखा धमिलो देखिने जस्ता समस्या देखिएकाले चस्मा प्रयोगका लागि चिकित्सकले आग्रह गरेका छन् ।
रेडियो नेपालले आफ्नो ७४ औँ वार्षिकोत्सव आगामी चैत्र २० गते थप कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com