चैत, २३ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले “अध्यक्ष शैक्षिक सुधार छात्रबृत्ति” कार्यक्रमका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै गाउँपालिकाले आर्थिक रुपमा बिपन्न, अविभाबकबिहिन, शारिरिक रुपमा अपाङ्गता भएका बिद्यार्थीहरुलाई आवेदन दिन आग्रह गरेको हो । गाउँपालिकाका शिक्षा अधिकृत प्रदिप पराजुलीले आज जारी भएको सूचनाको मितिले ३० दिनभित्रमा निवेदन दिन आग्रह गरे ।
गाउँपालिकाका अधयक्ष रेसम स्याङबोले विपन्न र अविभावकबिहिन विद्यार्थीहरुलाई गाउँपालिकामा आवेदन दिन अपिल गरेका छन् । उच्च शिक्षासम्म अध्ययनका गर्न शैक्षिक छात्रबृत्तिका लागि विद्यार्थीले निवेदन, परिचय खुल्ने नागरिकता तथा जन्मदर्ताको प्रतिलिपी, वडाको सिफारिस, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक संस्थाको रसिद सहित आवेदन दिनुपर्नेछ ।
आर्थिक अभावकै कारण पढ्न नपाउने अवस्था नरहोस् भनेर गाउँपालिकाले “अध्यक्ष शैक्षिक सुधार छात्रबृत्ति” ल्याएको हो । गएको चैत १३ गते बसेको गाउँपालिका अध्यक्ष शैक्षिक कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले विपन्न तथा अविभावकबिहिन अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक छात्रबृत्ति दिने निर्णय गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com